+
+

बागमतीमा उर्लियो बाढी, बुद्धनगर–यूएनपार्क जोड्ने पुलमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ९:११

१२ असोज, काठमाडौं । अविरल वर्षासँगै बागमतीमा बाढी उर्लिएको छ । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ ।

चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् ।

नदी किनारका बाटाहरु पूरै जलमग्न छन् । सडक किनारका घर र पसलमा बाढी पसेको छ ।

प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?