+
+

बाढी-पहिरोले काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १०:४१

१२ असोज, काठमाडौं । दुई दिनको अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।

रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्र्याउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ ।

बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।

 पढ्न गएका शिक्षक विद्यार्थी बीचमै फसे

बाढीका कारण दुम्जाको कुशेश्वर मन्दिरमा रहेको गुरुकुलमा २८ जना विद्यार्थी र शिक्षक गरी ३३ जना फसे विद्यार्थीहरू फसेका छन् । दायाँ-बायाँ रोशी खोलामा बाढी बढेपछि विद्यार्थी र शिक्षक मन्दिरको बीचमै फसेको शिक्षक शिक्षक नारायण घिमिरेले बताए ।

शिक्षक घिमिरेका अनुसार घिमिरेका तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ।

उनले भने, ‘ एकतिरबाट सुनकोसीले कटान गरेको छ। मन्दिर थोरै उचाइमा रहेकाले बचेको छ । कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?