+
+

विपद्‌को समयमा सरकार नागरिकको सेवामा तल्लीन छ : कार्यवाहक प्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १०:४०

१२ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लीन रहेको बताएका छन् ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले देशभरको जनजीवन प्रभावित भएको उनले बताए । उनले यात्राकाक क्रममा अलपत्र परेकाहरुलाई उद्धार गर्न गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास भइरहेको पनि बताए ।

‘गृहमन्त्री, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको छ’, उनले भनेका छन् ।

मौसमविद्हरुबाट वर्षा अझै पनि जारी रहने भन्ने जानकारी आफूले पाएकाले अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न पनि उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?