
फाइल फोटो ।
१२ असोज, काठमाडौं । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्ती पस्दा फसेका ९ जनाको उद्धार गरिएको छ । बिहान साढे ८ बजे हुनमन्ते खोला बस्ती पस्दा भक्तपुरको फर्निचर बनाउने टहरामा ९ जना फसेका थिए ।
सशस्त्र प्रहरी बलको टोलीले सप्तरी घर भएका ४६ वर्षीय सुरेन्द्र सरकार, १६ वर्षीय लक्ष्मी सरदार, ४२ वर्षीया रिना सरदार, ५५ वर्षीय रमेश सरदारको उद्धार गरेको हो ।
त्यस्तै सोही टहरामा फसेका १८ वर्षीय सागर सरदार, ११ वर्षीय रोशन सरदार, ४७ वर्षीय जग्गु सरदार, ३८ वर्षीया लालो सरदार र ३० वर्षीय चन्दन सिंहको पनि उद्धार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4