
१२ असोज, काठमाडौं । नौबिसे-नागढुंगा सडक खण्डमा नागढुङ्गादेखि सुरुङ मार्गसम्म दर्जन बढी ठाउँमा पहिरो गएका छन् ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । झ्याप्ले खोलामा पहिरोले बस पुरिए पनि यात्रु सकुशल रहेका छन् । पहिरोमा परी ना३ख ७८५ नम्बरको ट्रकमा क्षति भएको छ ।
लामो समय जाममा परेपछि यात्रुहरू आफ्नो सरसामानसहित हिंडेर पहिरो वारपार गरिरहेका छन् । बाटामा विदेशी पर्यटकहरू आफ्नो सामान बोकेर हिंडिरहेका भेटिन्छन् ।
प्रहरीले पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने जनाएको छ ।
थप तस्वीरहरु:
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4