+
+

बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको मृत्यु, ११ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १२:२०

१२ असोज, काठमाडौं। बाढी पहिरोका कारण ललितर जिल्लाका विभिन्न ठाउँमा मात्रै ९ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् ।

‘बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ९ वटा शव भेटिएको छ, ११ जना वेपत्ता भएका छन्’ एसएसपी खनालले अनलाइनखबरसँग भने ।

उनका अनुसार अहिलेसम्म २८१ जनाको शकुसल उद्धार गरिएको छ । सानेपा क्षेत्रबाट ७७, नख्खु हार्मोनी कोलोनीबाट १४, नख्खिपोट क्षेत्रबाट १५, बुङ्मती क्षेत्रबाट ७५, चापागाउँ क्षेत्रबाट ५५, इमाडोल क्षेत्रबाट २८ र युएन पार्क क्षेत्रबाट १ जना गरी २८१ जनाको उद्धार गरिएको उनले बताए ।

उद्धारमा प्रहरीका मात्रै ११ सय जनशक्ति परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?