+
+

सप्तरीमा नालामा डुबेर एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १३:३९

१२ असोज, जनकपुरधाम । सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।

राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साहको शव डुबेको अवस्थामा घर नजिकैको नालामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेका अनुसार हिजो घर नजिकै खेलिरहेको अवस्थामा बालक बेपत्ता भएका थिए । खोजबिनको क्रममा शनिबार बिहान ९ बजे घर नजिक ढक्कन खुल्ला रहेको नालामा बालकको शव भेटिएको डीएसपी न्यौपाने जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?