+
+

बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १३:५४

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् ।

विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार, मृत्यु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका गरेर ६ जना रहेका छ्न् ।

त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?