+
+

नख्खु खोलामा बेपत्ता तीन जनाको सकुशल उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १४:१०

१२ असोज, काठमाडौं । ललितपुरको नखिपोटस्थित नख्खु खोलामा बगेका चार जनामध्ये तीन जनाको उद्दार भएको छ ।

स्थानीयको सहयोगमा तीन जनाको उद्दार भएको हो । नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह समेतको पहलमा तीन जनालाई उद्दार गरेर ललितपुरकै पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

पूर्वडीआईजी सिंहले भने, ‘यो घटना मेरो घर नजिकैको हो । बाढीका कारण नदीको बीचमा तीन जना फसेका थिए । उनीहरु जस्ताको टहरामाथि चढेर उद्धारका लागि याचना गर्दा गर्दै बगेका थिए । केही तल पुगेपछि तीन जनाको उद्दार भयो । एक जना बच्चा भने अहिले पनि हराइरहेका छन् ।’

उद्दारपछि पूर्वडीआईजी सिंहले उनीहरुलाई पाटन अस्पताल पुर्‍याएका थिए ।

घटना ललितपुरको सुगम बस्ती नजिकै हो । सुगम वस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका पूर्ण केसीसहितले उनीहरुलाई उद्दार गरेका थिए । केसीका अनुसार करिब २ सय मिटर तलबाट उनीहरुलाई उद्दार गरिएको हो ।

यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि तीन जनाको उद्दार भएको पुष्टि गरे । उनीहरुको नाम ठेगाना बुझ्ने काम भइरहेको उनले बताए ।

उद्दार गरिएका मध्यै तीनै जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको उनले पुष्टि गरे । एक जना बच्चा भने अहिले पनि हराइरहेको उनले बताए । ‘उद्दार भएका तीन जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । एक जना बच्चा भने अझै वेपत्ता छन्’, एसएसपी खनालले अनलाइनखबरसँग भने ।

शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो । तर, उपत्यकामै उद्दारको तयारी कमजोर देखिएको छ ।

यता उद्दार घटनाबारे गृहमन्त्री रमेश लेखक नै बेखबर छन् । भिजिबिलिटी कम हुँदा हेलिकप्टरबाट उद्दार गरेर बचाउन नसकिएको उनले बताएका छन् । तर बगेकामध्ये तीन जनाको उद्दार गरेर अहिले उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?