+
+

रास्वपाले बोलायो आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १४:१३

१२ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक बैठक बोलाइएको छ ।

दिउँसो ३ बजे बस्ने गरी जुम मीटिंग बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र र्यापिड एक्सन टीमको संयुक्त बैठक बोलाएको छ ।

‘अविरल वर्षाको कारण जोखिमपूर्ण अवस्थामा वस्तुस्थिति वारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि छलफल गर्न यो बैठक बोलाइएको हो,’ कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?