+
+

बाढी र डुवानबाट उपत्यकाका ३ जिल्ला ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १४:२६

१२ असोज, काठमाडौं । अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

यी तीन जिल्लामा गरी कुल एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?