+
+

मकवानपुरमा बेपत्ता ६ बालकमध्ये ३ जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १५:५१

१२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ । शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।

सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए । तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुष्टि गरे । उनीहरूको सनाखत हुन बाँकी छ ।

मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । २५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट ९ जनाको टोली त्यसतर्फ जाँदैछ । भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?