+
+

सिंगापुर एयरलाइन्सले दशैं तिहारमा ड्रिमलाइनरबाट काठमाण्डौ उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १७:१९

१२ असोज, काठमाडौं  सिंगापुर एयरलाइन्सले पहिलोपटक काठमाण्डौंमा बोइङको ७८७–१० ड्रिमलाइनर बिमानमार्फत् उडान गर्ने भएको छ ।
सिंगापुर–काठमाण्डौ–सिंगापुर रुटमा हाल सातामा सात उडान गरिरहेको सिंगापुर एयरलाइन्सले नेपालीको महान चाडपर्वहरु दशैं–तिहारलाई लक्षित गरी हप्तामा दुई दिन ठूलो आकारको ड्रिमलाइनर जहाजमार्फत् उडान गर्ने घोषणा गरेको छ ।

अक्टुवर र नोभेम्बर महिनामा हरेक सोमबार र बिहीबारको उडान ड्रिमलाइनरमार्फत् गर्न लागिएको सिंगापुर एयरलाइन्सले जनाएको छ ।
दशैं–तिहारजस्ता पर्वमा ग्राहकको उच्च माग हुनुका साथै नोभेम्बर महिनामा नेपालमा ट्रेकिङका लागि बिदेशी पर्यटकहरुको आवागमन बढ्ने भएकाले ठूलो र सुविधासम्पन्न बिमानमार्फत् उडान गर्न लागिएको एयरलाइन्सले बताएको छ ।

हाम्रो बोइङ ७८७–१० ड्रीमलाइनर ३३७ सिट क्षमताकोे विमान हो, जसमा ३६ बिजनेस क्लास सिटहरू र ३०१ इकोनोमी क्लास सिटहरू छन् । बिजनेस क्लास सिटहरू ७६ इन्च लामो पुरै समतल ओछ्यानमा परिवर्तन गर्न मिल्नेछन्, हरेक सिटको चौडाइ २६ इन्चसम्म हुने र उचाइ घटाउन÷बढाउन सकिने भएकाले यात्रुलाई बस्नको लागि अझ धेरै आराम र सुविधा प्रदान गर्दछ ।

इकोनोमी क्लास सिटहरूमा थप आराम प्रदान गर्नका लागि एर्गोनोमिक रूपमा डिजाइन गरिएको पछाडिको सपोर्ट सहितको छ, जसमा ६ वटा दिशामा मिलाउन मिल्ने हेडरेस्ट र लेभल सेट गर्न मिल्ने सुविधाहरु पनि छन् । बिमानमा यात्रुलाई  १ हजार ९ सय भन्दा बढी फिल्म, टिभी शो, संगीत एल्बम र खेलहरूको पहुँच हुनेछ भने यात्राभर निःशुल्क वाईफाई सुविधा पनि हुनेछ ।

सिट क्षमताका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने यो नै अहिलेसम्मको ठूलो बिमान हुने छ ।

अन्य पाँच दिनको उडान भने मौजुदा ७३७–८०० विमानबाट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?