+
+

मखनगल्लीमा भत्कियो एकसय वर्ष भन्दा पुरानो घर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १७:२०
पहिरोको प्रतिनिधिमूलक तस्वीर

१२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मखनगल्लीको एक सय वर्ष भन्दा पुरानो घर भत्किएको छ ।

निरन्तर वर्षाको कारण पानी चुहिएर तुँछेबहालको घर भत्किएको वडाध्यक्ष विनोद राजभण्डारीले बताए । ‘एक सय वर्ष भन्दा पुरानो घरको माटोहरु झर्न थालेको थियो, पानी छिरेपछि भत्किन सुरु गर्‍यो । यो घरको बाटो हुँदै जानुपर्ने ५ घरको बाटो अवरुद्ध भएको थियो’, वडाध्यक्ष राजभण्डारीले भने ।

‘घरमा मान्छे नबसेपनि यो घरमा एउटा बौद्ध विहार समेत थियो । यो मखनगल्ली कै मात्रै नभई काठमाडौं कै पुरानो घरमध्ये एक हो,’उनले भने । घर भत्किएपछि महानगर प्रहरी बलले माटो, काठ पन्छाएको छ ।

‘हिँड्नलाई खतरा नहुने गरी हामीले केही सामानहरु पन्छाएका छौं । अब घरबेटी आएपछि बाँकी भग्नावशेष भत्काउनुपर्छ’, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?