+
+

बाढीले डुबाएको काठमाडौं (तस्वीर र भिडियो)

विकास/चन्द्र/आर्यन/अर्जुन विकास/चन्द्र/आर्यन/अर्जुन
२०८१ असोज १२ गते १९:३०

१२ असोज, काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौंमा ठूलो बाढी आयो ।

उपत्यकाका सबै खोलाहरुले किनारका बस्ती डुबाएका छन् । उपत्यकाका हजारौं मानिसले शनिबार आफ्नो बासस्थलमा बाढीको क्षति ब्यहोरेका छन् । बागमती, विष्णुमती, मनोहरालगायत खोलाका किनारका सडकहरु पुरिएका छन् ।

सयौं पसल, सटर, गोदाम, तरकारी बजार जस्ता सम्पत्ति बाढीले नोक्सान पारेका छन् । कयौं घर तथा संरचना भत्काएका छन् डुवानमा परेका कारण पक्की घरका संरचनाहरुमा पनि क्षति पुगेको छ ।

हेर्नुहोस् तस्वीरहरु

DCIM101GOPROGOPR3817.JPG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?