+
+
फुटबल सिकिरहेका ६ बालकको मृत्यु :

बाढीबाट सुरक्षित ठाउँतिर जाँदै थिए, पहिरोमा पुरिए

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ असोज १२ गते १९:५८

१२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर ६ जना बालकको मृत्यु भएको छ ।

स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेकामध्ये ६ जना शनिबार बिहान पहिरोले पुरिँदा बेपत्ता भएका थिए । शनिबार अपरान्ह ५ बजे विद्यालयको फुटबल एकेडेमी भन्दा करिब ६० मिटर तल पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमिक्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा सर्लाही घर भएका १३ वर्षीय आदित्य बलम्पाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियन्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साइमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवश बानियाँ रहेका छन् ।

बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि फुटबल प्रशिक्षण सुरु गरेको थियो । एन्फा र विद्यालयबीच सम्झौता भए अनुसार ४० जना बालकले फुटबल सिक्दै आएका थिए ।

एन्फा केन्द्रीय सदस्य तथा एन्फा मकवानपुर अध्यक्ष टीका लामाका अनुसार एन्फाले राखेका २५ जना, स्थानीयस्तरबाट छनोट भएका ५ जना र शुल्क तिरेर सहभागी भएका १० जना गरी ४० जनाले फुटबल सिकिरहेका थिए ।

विद्यालयले करिब ५ वर्ष अघि मात्रै भिरालो डाँडो भत्काएर मैदान बनाएको थियो ।मैदान बनाउँदा टेकर बजारतर्फको भिरालो डाँडा जोखिमयुक्त पारिएको थियो ।

कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान पानी खोलेपछि सिस्नेरी खोलामा बाढी आएको थियो । विद्यालय सिस्नेरी खोला छेउमै रहेको छ । खोलामा बाढी आएपछि विद्यालयमा नै बस्दै आएका बालक र शिक्षकहरु टेकर बजारतर्फ जाँदै थिए । त्यस क्रममा ६ जना बालकलाई पहिरोले पुरेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

शनिबार साँझ काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले ६ बालकको शव, अरु ३० जना बालक, उनीहरुका प्रशिक्षक र एक शिक्षकलाई काठमाडौं ल्याएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?