+
+

गोदावरीले मृतक परिवारलाई २ लाख राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते २१:३०

१२ असोज, काठमाडौ । ललितपुरको गोदावरी नगरपालिकाले वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका हरेका परिवारलाई राहत स्वरूप दुई लाख दिने निर्णय गरेको हो ।  नगर प्रमुख गजेन्द्र महर्जनले मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपूर प्रयोग गरेको बताए ।

‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं, क्षति कम गर्न नगरपालिकासँगै धेरै सरकारी-गैरसरकारी निकायबाट सहयोग लियौं,’ नगरप्रमुख महर्जनले भने, ‘अथक प्रयासका बाबजुद पनि मानवीय क्षति रोक्न सकिएन ।’ उनले मान्छेको जीवनको अघि सहयोग गौण भए पनि परिवारजनलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?