+
+

तरकारीमा मनलाग्दी मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ७:५९

१३ असोज, काठमाडौं । बाढी पहिरोको विपत्तीको बीचमा व्यापारीहरुले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् ।

आज बिहान टुकुचाका केही व्यापारीहरुले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेको एक खुद्रा व्यापारीले बताए ।

नयाँबानेश्वरमा तरकारी पसल सन्चालन गर्दै आएका उनले भने, ‘हिजो पानी परकाले पसल बन्द गरेको एकजना व्यापारीले स्टकमा भएको धनियाँ आज बिहान ३०० रुपैयाँ किलोले बेच्यो । आज बिहान भक्तपुरका किसानले ल्याएको ताजा धनियाँलाई फेरि ५ सय/८ सय रुपैयाँ प्रतिकिलोमा बेचेको देखियो ।’

यसैगरी गोलभेँडा, हरियो खुर्सानी, भिण्डी लगायत तरकारीमा पनि व्यापारीहरुले मनलाग्दी बेचेको उनको भनाइ छ ।

बाटो अवरुद्ध भएकाले नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौं आएको छैन । तर पहिलेदेखि त्यहीँ भएका तरकारीलाई मनलाग्दी मूल्य तोकिएको उपभोक्ताको भनाइ छ ।

कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ । त्यहाँको मूल्य सूचीअनुसार अघिल्लो दिनको तुलनामा लोकल गोलभेँडाको मूल्य आज झण्डै १४२ प्रतिशतले बढेको छ ।

यसैगरी अरुभन्दा तुलनात्मक रुपमा सस्तो मानिने स्कुसको मूल्यमा पनि हिजोभन्दा आज २११ प्रतिशतले बढेको छ । स्कुसको मूल्य हिजो प्रतिकिलो १७.७६ रुपैयाँ भएकोमा आज ५५ रुपैयाँ छ ।

लौका हिँजो ३५ रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा आज ९५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य हिजोको तुलनामा आज १७१.४३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?