+

बार्सिलोना ओसासुनासँग स्तब्ध

२०८१ असोज  १३ गते ८:३१ २०८१ असोज १३ गते ८:३१
बार्सिलोना ओसासुनासँग स्तब्ध

‍१३ असोज, काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन सानदार सुरुवात गर्दै लगातार ७ खेल जितेको बार्सिलोनाको अपराजित यात्रामा ओसासुनाले ब्रेक लगाएको छ । लिगअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना ओसासुनासँग ४-२ ले स्तब्ध बन्यो ।

यस सिजन बार्सिलोनाको यो पहिलो हार हो ।

घरेलु मैदानमा ओसासुनालाई जित दिलाउन एन्टे बुडिमिरले दुई तथा ब्राएन जारागोजा र अबेल ब्रेटोनेसले एक एक गोल गरे ।

बार्सिलोनाका लागि पाउ भिक्टोर र लामिन यामलले गोल गरे ।

खेलको १८औं मिनेटमा बुडिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए भने जारागोजाले २८औं मिनेटमा ओसासुनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा भिक्टोरले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ५३औं मिनेटमा भिक्टोरले गोल गरेपछि खेल २-१ को स्थिमीमा पुगेको थियो ।

तर, त्यसपछि ओसासुनाले लगातार दुई गोल गर्‍यो । बुडिमिरले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि ओसासुनाले ३-१ को अग्रता बनायो भने ब्रेटोन्सले ८५औं मिनेटमा गोल गर्दै ओसासुनाको अग्रता ४-१ पुर्‍याए ।

८९औं मिनेटमा यामलले फेरान टोरेसको पासमा गोल गर्दै गोल अन्तर घटाएपनि बार्सिलोनालाई हार टार्न पर्याप्त भएन ।

पहिलो हारपछि पनि बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमै आसिन छ । बार्सिलोनाको हारले दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको एट्लेटिको मड्रिडलाई फाइ पुगेको छ । ७ खेल खेलेका रियल १७ अंकसहित दोस्रो र एट्लेटिको १५ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०