+
+

जहाज, बस, रेल र कार दुर्घटनामा बाँचेका व्यक्तिले जिते १० लाख डलरको चिठ्ठा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १०:२३

संसारमा केही मानिसहरूको भाग्य यतिधेरै चम्किलो हुन्छ कि उनीहरूले डोकोमा दूध दुहेपनि चुहिंदैन भनिन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि भाग्यले उनीहरूलाई साथ दिन्छ ।

कहिलेकाही त ती भाग्यमानीहरुको सफलता कुनै चमत्कारभन्दा कम लाग्दैन । क्रोएसियाका एकजना मानिस यस्तै थिए, जसलाई संसारकै सबैभन्दा भाग्यमानी मान्छे भन्दा फरक पर्दैन ।

फ्रेन सेलाकको भाग्य देख्दा जोकोहीलाई आरिस लाग्नसक्छ । उनको जीवनमा जे-जे भएको छ त्यो कुनै फिल्मको कहानी जस्तो लाग्नसक्छ । उनको जीवन अविश्वसनीय रुपबाट भयानक दुर्घटनाहरुले भरिएको छ । तर, उनले चमत्कारिक रुपमा सबै दुर्घटनालाई परास्त गरे ।

सेलाकको जन्म सन् १९२९ मा भएको थियो । संगीत विषय पढाउने शिक्षक हुन् । उनको जीवन निकै सामान्य थियो । तर, जब उनी बस तथा रेल दुर्घटनामा परे जीवनमा असामान्य घटनाहरुले पछ्याइरहे ।

बीबीसीका अनुसार मृत्युको मुखबाट पटक-पटक बाँचेका उनको दौड सन् १९५७ मा सुरु भएको हो । त्यसबेला उनी चढेको बस नदीमा खसेको थियो । त्यसपछि पनि ६ पटक मृत्युसँग उनको जम्काभेट भयो ।

एकपटक उनी चढेको रेल लिकबाट उछिट्टियो र नदीमा खस्यो । तर, त्यसमा पनि उनी बाँच्न सफल भए । त्यसपछि उनी एकपटक होइन २ पटक दुर्घटनाग्रस्त कारमा परे । त्यसबाट पनि बाँच्न सफल भए ।

त्यसका अलावा एकपटक उनी चढेको जहाज दुर्घटना भयो । तर, भाग्यवस घाँस थुपारेको ठाउँमा खसेका हुनाले उनको ज्यान जोगियो ।

पटक-पटकका दुर्घटनाबाट अविश्वसनीय रुपमा बाँच्न सफल भएका सेलाकलाई त्यतिबेलै सबैभन्दा भाग्यमानी मानिस भन्न थालिएको थियो । तर, सन् २००० मा त सेलाकले हद नै पार गरे । उनले करिब १० लाख डलरको लट्री नै जिते ।

आफूले जितेको चिठ्ठा रकममध्ये अधिकांश उनले साथीभाइ र परिवारलाई दिए । अनि बाँकी रकमले एउटा भव्य घर खरिद गरे । तर, सन् २०१० मा उनले उक्त घर बेचिदिए र आफ्नी पाँचौं पत्नीसँग साधारण जीवन बिताउन थाले । अन्ततः सन् २०१६ को नोभेम्बर ३० मा उनको कालगतीले मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?