+
+

रुरु जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ११:१८

१३ असोज, काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

यस कम्पनीको लगानी रहने भोजपुरको पिपुवाखोला जलविद्युत् ४.९ मेगावाट र पिखुवा पशुपति जलविद्युत् आयोजना ४.१ मेगावाटमा स्रोत जुटाउनका लागि हकप्रद निष्कासन गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?