+
+

कोजाग्रत पूर्णिमासम्मका लागि कांग्रेसको सय दिने अभियान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:२४

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ ।

७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।

बाढीपहिरो प्रभावितहरूलाई राहत, उद्धार कार्यमा लाग्नुपर्ने भएकाले अभियान सारिएको महतले बताए । ‘राहत र उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले त्यतैतिर सम्पूर्ण शक्ति लगाउने निर्णय गरिएको छ,’ महतले भने ।

संगठन सुदृढीकरणका लागि ७ असोजबाट १६ पुससम्म सञ्चालन गर्ने गरी अभियानको घोषणा गरिएको थियो ।

कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधि बनाएर पठाइसकेको थियो ।

कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?