+
+

सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:२१

१३ असोज, काठमाडौं । देशभरि बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीले यन्त्र उपकरण उपलब्ध गराउने भएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार देशभरिका निर्माण व्यवसायीलाई यन्त्र उपकरण सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ ।

‘विपद्को यस घडीमा देशभरिका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ–आफना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न देशभरिका निर्माण व्यवसायीलाई अपिल गर्छौं,’ महासंघले भनेको छ ।

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकारले अपिल गरेको छ । महासंघले देशभरिका निर्माण व्यवसायीलाई क्षतिको विवरण समेत उपलब्ध गराउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?