
१३ असोज, गोरखा । गोरखाको शहिदलखन गाउँपालिका–६ सखौरा खोला किनारमा एक वृद्धा महिलाको शव फेला परको छ । शहिदलखन गाउँपालिका–६ अँधेरी बस्ने ७० वर्षीया बालकुमारी श्रेष्ठको शव आइतबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार उनी शनिबार बिहान ११ बजे बुंकोटस्थित दिदीको घरबाट आफ्नो घर जान निस्केकी थिइन् । शनिबार बिहान उनी खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
‘स्थानीयले देखेपछि हामीलाई खवर गरे,’ उनले भने, ‘घैरुङ प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ, जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली जाँदै छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4