+
+

हिमालय रोडिजको सिजन ६ भोलिदेखि, यस्तो छ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:५०

काठमाडौं । हिमालय रोडिज सिजन-६ को प्रसारण सोमबारदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभीमा प्रत्येक सोमबार राति ९ बजे नयाँ सिजन हेर्न पाउनेछन् ।

‘वेलकम टु द जंगल’को थिममा तयार पारिएको नयाँ सिजनको पहिलो एपिसोडको रोचक ट्रेलर सार्वजनिक भएको छ । जसमा ग्याङ लिडरबीचको नोकझोंक, प्रतिस्पर्धीले टास्कका लागि प्रतिस्पर्धालाई स्टाइलिस ढंगले प्रस्तुत गरिएको छ ।

१६ जना प्रतिस्पर्धीले उपाधिका लागि भिड्दैछन् । प्रत्येक कोचको समूहमा ४ जनाको दरले बाँडिएर प्रतिस्पर्धीले कला र साहस प्रस्तुत गर्नेछन् ।

थिमअनुसार सेट र प्रतिस्पर्धीको प्रप्स तयार पारेको देख्न सकिन्छ । टास्कसँगै ग्याङ लिडर र प्रतिस्पर्धीबीचको सम्बन्धलाई रोमान्टिक देखाउने पनि प्रयास गरिएको छ । यसपटक पनि पहिलेकै ग्याङ लिडरले निरन्तरता पाएका छन् । अनुपविक्रम शाही, आशिष राना लाउरे, दीया मास्के र प्रियंका कार्की पनि ग्याङ लिडरको रुपमा छन् । यसपटक होस्टमा रेमनदास श्रेष्ठ फर्किएका छन् ।

यसअघि पाँचवटा सिजन होस्ट गरेका रेमनले नयाँ सिजनलाई उत्साह र चुनौतीपूर्ण बनाउन मेहनत गरिएको बताए । छैटौं सिजनको छायांकन चितवन आसपासका जंगलमा गरिएको छ । ‘यसपटकको लोकेसन भिन्न छ । दर्शकलाई रोचक लाग्नसक्छ’ उनले भने ।

शोको निर्देशकमा सिमोस सुनुवार छन् । एमटीभी इण्डियाको संरचनामा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण भएको हिमालय रोडिज सिजन ६ सम्म यात्रा गर्ने पहिलो फ्रेन्चाइज रियालिटी शो हो ।

‘युवापुस्ताबीच अत्यन्तै लोकप्रिय टिभी कार्यक्रमको रुपमा रोडिजले आफूलाई स्थापित गरिसकेको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘हामीले हरेक सिजनलाई थप गुणस्तरीय र रोचक बनाउन कोसिस गरिरहेका छौं ।’ यसपटक पनि रोडिजको शीर्ष प्रायोजकमा यामाहा मोटरसाइकल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?