+
+

बाढी प्रभावित क्षेत्रमा एनसेलले उपलब्ध गरायो निःशुल्क डेटा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:५१

काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकका लागि निःशुल्क डेटा उपलब्ध गराएको छ ।

विपद्को समयमा ग्राहकका आफन्तजनसँग सम्पर्कमा रही रहनका लागि शनिबार निःशुल्क डेटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

निःशुल्क डेटाका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने कम्पनीको भनाइ छ ।

नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?