+
+

विपदमा सरकारको कामप्रति कांग्रेसले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:०६

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको बैठकमा बाढी, पहिरो र डुवानको समस्यामा सरकारको काममाथि प्रश्न उठेको छ ।

निरन्तर वर्षाले पुर्‍याएको क्षति कम गर्न सरकार चुकेको नेताहरुले प्रश्न गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका थिए ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा सरकारको कमजोरी बारे चर्चा भएको बैठकमा सहभागी नेताले जानकारी दिए ।

‘बैठकमा कार्यसम्पादन सदस्यले प्रश्न उठाएपछि कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्टीकरण दिनुभएको छ’, बैठकमा सहभागी नेताले भने । नेताहरुले उद्दार समयमा किन नभएको, वर्षा भइरहँदा रातिमा चलाउन रोक

लगाउनुपर्नेमा किन जान किन दिएको, वर्षाकोे पूर्व अनुमान हुँदा पनि किन पूर्वतयारी नगरेको जस्ता प्रश्न गरेका थिए ।

कार्यबाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको भन्दै केही कमी कमजोरी पनि स्वीकार गरेका ती नेताले जानकारी गराए ।

‘अधिकतम गर्नसक्ने जति सरकारले गरेको हो । यो प्रकारको दैवी प्रकोपका बारेमा अभ्यस्त थिएनौं । पचास वर्षपछि यस्तो प्राकृतिक विपत्ति आएको छ’, बैठकमा स्पष्टीकरण दिँदै सिंह र लेखकले भनेका थिए ।

उनीहरुले एसएमएस र सञ्चारमाध्यमबाट जानकारी दिँदा पनि नागरिकले सचेतता नअपनाएको बताएका एक नेताले बताए ।

बैठकले पार्टी पङ्तिलाई उद्दार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले राहतमा सहयोग पुर्‍याउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराए ।

महतका अनुसार उद्दार राहतमा खट्नका लागि सय दिने विशेष अभियान स्थगित गरिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमामा गरिने चियापान पनि कांग्रेसले यसवर्ष रोक्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?