+
+

स्थानीय तहका उम्मेदवारलाई औपचारिक पत्र सभापति देउवाले प्रदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:०३

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने गरी मिति तय भएको छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न निर्णय पनि गरिएको छ ।

निर्वाचन आयोगमा दल दर्ता गर्ने र त्यसका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता डा.प्रकाशरण महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?