+
+

‘धूम ४’ मा रणवीर कपुरको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:५९

काठमाडौं । बलिउड फिल्म कम्पनी यशराज फिल्म्सको ब्लकबस्टर फ्रेन्चाइजी ‘धूम’को तेस्रो श्रृंखलालाई लिएर यतिबेला व्यापक पर्खाइ छ । यस्तो बेला यो फिल्मलाई लिएर महत्वपूर्ण अपडेट सार्वजनिक भएको छ ।

खबरअनुसार निर्माता आदित्य चोपडाले ‘धूम ४’ मा रणवीर कपुरलाई फाइनल गर्ने निर्णय गरेका छन् । भनिएअनुसार चोपडा यो फ्रेन्चाइजको कलाकारमा हेरफेर गर्न चाहन्छन् ।

‘एनिमल’को सफलतापछि रणवीरको ‘धूम ४’ मा प्रवेशले दर्शकमाझ उत्साह जगाउने पक्का छ किनकि उनी यसपटक यसमा फेरि एकपटक ‘ग्रे सेड’मा देखिनेछन् ।

‘धूम ४’ सँगै रणवीरसँग ठूला फिल्मको लाइनअप बलियो बनेको छ । ‘लभ एण्ड वार’, ‘रामायण’को दुवै श्रृंखला र ‘एनिमल पार्क’को शीर्ष भूमिकामा समेत रणवीर निश्चित छन् ।

पिंकभिल्लाका अनुसार आदित्य चोपडाले आफ्नो पर्यवेक्षणमा ‘धूम ४’ को काम थालेका छन् । यो फिल्म यतिबेला प्रि-प्रोडक्सन चरणमा छ । अघिल्ला तीन फिल्मलाई जस्तै ‘धूम ४’ को पटकथा आदित्य चोपडा स्वयं र विजयकृष्ण आचार्यले लेखेका छन् ।

उक्त पोर्टलको स्रोतका अनुसार ‘रणवीरसँग लामो समयदेखि यस विषयमा छलफल भइरहेको थियो । उनले फिल्मको कथा सुनेपछि ‘धूम ४’ को हिस्सा बन्ने इच्छा देखाएका छन् । आदित्य चोपडाले धूमको विरासतलाई अगाडि बढाउन रणवीर उत्तम विकल्प भएको बताएका छन् ।

यो फिल्म अहिले कास्टिङको चरणमा छ । यशराज फिल्म्सले २०२५ को अन्त्यमा फिल्मको छायांकन थाल्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?