+
+

रौतहटमा करेन्ट र बाढीमा डुबेर ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:१७

१३ असोज, रौतहट। नदीमा आएको बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको ज्यान गएको छ ।

रौतहटको दुर्गाभगवती गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।

उनका अनुसार  दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको छ भने बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका उनको डुबेर मृत्यु भएको छ ।

परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै हान कलको पानी खाने क्रममा बौधिमाई-२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक रामबाबु महतोको पनि मृत्यु भएको छ ।

उनलाई विद्युतीय मोटर जडान गरिएको कलको पानी खाने क्रममा करेन्ट लागेको थियो ।

बाढीका कारण रौतहटमा घर भत्कीदा चार जना घाइते भएका छन भने मौलापुरमा चट्याङ्ग लाग्दा दुई जना घाइते भएको उपरीक्षक घिमिरेले बताए।

रौतहटमा बाढीको पानी घटने क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?