+
+

व्यवसायी सामु निरीह सरकार : होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:४४

१३ असोज, काठमाडौं । उद्योगमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका बेला होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको छ ।

होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार सरकारी प्रतिनिधिले होटल र रिसोर्टमा अनुगमन नगर्ने सहमति उद्योगमन्त्री भण्डारी, उद्योग सचिव र वाणिज्य विभागका महानिर्देशकबीच भएको हो ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक रेस्टुरेन्टमा अनुगमन गरी पानीमा बढी मूल्य लिएको आरोपमा ३ लाख जरिवाना तिराएको थियो ।

त्यसपछि व्यवसायी असन्तुष्ट हुँदै मन्त्रीसमक्ष गुनासो गरेका थिए । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले आफ्ना सदस्यलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा पानी बोतल बिक्री वितरण गर्न समन्वय गर्ने सहमति भएको छ ।

त्यसैगरी पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकाले होटल तथा रिसोर्टले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखी बिक्री वितरण गर्न सक्ने सहमति भएको हानले जनाएको छ ।

वाणिज्य विभागका महानिर्देशक राजन पौडेलले भने सरकार र व्यवसायीबीच अनुगमन नगर्ने सहमति नभएको र व्यवसायीले गलत परिपत्र गरेको प्रतिक्रिया दिए ।

‘जुन होटलले आफैं पानी उत्पादन गर्छन्, उनीहरूले आफ्नो एमआरपी राख्न पाउने भन्ने सहमति भएको हो,’ उनले भने, ‘तर अनुगमन नगर्ने भन्ने होइन ।’

व्यवसायीले अनुगमनलाई प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहित गर्ने किसिमले प्रचार गरेको भन्दै उनले ठूला होटलमा अझ प्राथमिकताका साथ अनुगमन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?