+
+

ब्रिटिस कलेजको १०औं ग्राजुएसन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १५:००

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) को १०औं ग्राजुयसन समारोह सम्पन्न भएको छ ।

शुक्रबार हायत रिजेन्सी होटलमा आयोजित कार्यक्रमको उद्घाटन द कँडेल ग्रुपका अध्यक्ष उपेन्द्र राज शर्मा, कलेजका सीईओ तथा संस्थापक राजन कँडेल र सल्लाहकार माइकल रुटल्यान्ड (ओबीई) ले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ३२१ र ब्रिटिस मोडल कलेजका ‘ए’ लेभलका ४५ जना विद्यार्थीहरू दीक्षित भएका थिए ।

कलेजका अनुसार बीबीए, एमबीए, बीएचएम, ईएमबीए, बीएससी (अनर्स) कम्प्युटिङ, एमएससी आईटी एडभान्स कम्प्युटर साइन्स र ‘ए’ लेभलका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

यस वर्षको ग्राजुएसन शैक्षिक उत्कृष्टता, अन्तर्राष्ट्रिय सहकार्य र विद्यार्थीको उज्वल भविष्यको प्रतिक रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?