+
+

प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्रीले दिए जग्गा र ट्याक्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १५:५१

१३ असोज, विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई जग्गा दिएका छन् ।

तामाङले पूर्वमुख्यमन्त्री राईले ५ रोपनी ३ आना जग्गा दिएका हुन् । उनले एक हाल गोरु र एउटा ट्याक्टर पनि सहयोग गरेका छन् ।

परिवारको सम्पर्कमा आएका तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने रहर भएपनि जग्गा नभएको बताएका थिए ।

राईले तामाङलाई आवश्यकता अनुरुप पूर्वमुख्यमन्त्री राईकी पत्नी ज्याङ्मु शेर्पाले मालपोत कार्यालय भोजपुरमा पुगेर जमिनको लिखत पास गरिएको छ । जमिन राईकी पत्नी शेर्पाको नाममा थियो ।

पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरे ।

जमिन, ट्याक्टर र गोरु पाएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई हेरचाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?