+
+

दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १५:५७

१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।

आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उसको ठहर छ ।

‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’

सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?