+

पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

राप वा जलन महसुस

रातो खुर्सानीको धुलोमा क्याप्साइसिन जस्ता तत्त्वहरू हुन्छन् । खासगरी यो खुर्सानीको बियाँमा हुन्छ । यो तत्वका कारण राप वा जलन महसुस हुन्छ ।

मलद्वारमा पोलेको महसुस

धेरै खुर्सानी खाँदा हाम्रो पेट वा दिसा गर्दा मलद्वारमा पोलेको महसुस हुन्छ ।

Advertisement

खुर्सानी खाँदा आनन्द

खुर्सानी खाँदा जिब्रोमा जुन किसिमको जलन हुन्छ, त्यस क्षण मस्तिष्कले ‘इन्डोर्फिन’ भन्ने रसायन पैदा गर्छ । यस्तो रसायनले हामीलाई आनन्द अनुभूत गराउँछ ।

पायल्स हुँदा खुर्सानी खाने कि नखाने ?

पायल्स हुँदा खुर्सानी खाने कि नखाने त ? चिकित्सक भन्छन्, ‘खुर्सानी खानै नहुने भन्दा पनि यो कसरी र कति खाने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

पायल्समा मैदाजन्य खानेकुरा जिम्मेवार

चिकित्सक भन्छन्, ‘पायल्स हुनुमा खुर्सानीभन्दा पनि चिल्लोचाप्लो, तारेको, भुटेको, मसलेदार, मैदाजन्य खानेकुरा जिम्मेवार छ ।’