+
+

उद्धार र राहतमा जोड दिन सरकारसँग एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:०४

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सरकारसँग माग राखेको छ ।

अध्यक्ष माधवकुमार नेपालले आइतबार दिउँसो वक्तव्य जारी गर्दै उद्धार र राहत कार्यलाई जोड दिन माग गरेका हुन् । ‘बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निशुल्क उपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्न समेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा उल्लेख छ ।

एकीकृत समाजवादीले सरकारी संयन्त्र र सुरक्षाकर्मीहरुसँग समन्वय गरेर उद्धार कार्यमा खटिन आफ्ना पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?