+
+

ललितपुरका विपद् प्रभावित वडामा ट्यांकरबाट पानी बाँडिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:०५
प्रतीकात्मक तस्वीर

१३ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले विपद् प्रभावित वडामा ट्यांकरबाट पानी वितरण गर्ने भएको छ ।

महानगर स्तरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

मेयर चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलिन नदिन यो व्यवस्था गरेको बताए ।

‘पानी शुद्धीकरणका लागि किटनाशक औषधिको समेत व्यवस्था गरेका छौं,’ उनले भने । बैठकले अत्यावश्यक औषधि ‘जीटूजी’ माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ ।

उपमेयर मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहत व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले कार्यपालिकाको आकस्मिक बैठकले केही विषय तत्काल निर्णय गर्नुपर्ने बताइन् । ‘अन्य विषय कार्यपालिका बैठकले निर्णय गरेर अघि बढ्दा सजिलो हुन्छ,’ उनले भनिन् ।

महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडा बढी प्रभावित भएको बताए ।

महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले स्वास्थ्य चेतनाका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ तत्काल परिचालन गर्ने बताइन् । थप औषधिको आवश्यकता रहेकाले वडा–वडामा पानी शुद्धीकरणका लागि औषधि वितरण गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?