+
+

काभ्रेबाट १५८ जनाको हेलिकप्टरमार्फत उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:२५

१३ असोज, काठमाडौं । काभ्रे जिल्लाका विभिन्न ठाउँहरुबाट आइतबार १५८ जनाको हेलिकप्टरमार्फत उद्दार भएको छ ।

वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुमध्ये १५८ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

बिरामी, वृद्ध, अपांगता भएकाहरु, बालबच्चा र सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर आइतबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् । अझै ठूलो संख्यामा यात्रुहरु राजमार्ग आसपासमा उद्दारको पर्खाइमा रहेको उनले बताइन् ।

करिब वीपी राजमार्गमा करिब एक हजार यात्रुहरु अलपत्र परेको प्रहरीको आंकलन छ । ठाउँ ठाउँमा पहिरोका कारण प्रहरी–प्रहरी बीचमै सम्बन्ध समेत टुटेकाले यसको यकिन विवरण समेत प्राप्त हुन नसकेको उनले बताइन् ।

उद्दार गर्न बाँकी रहेका यात्रुहरुलाई भने विभिन्न खाद्यान्नहरु, लत्ताकपडाहरु पठाएर खाने बस्नेको व्यवस्था मिलाइएको उनले बताइन् ।

त्यसैगरी अहिले धुलिखेलबाट करिब ८ किलोमिटर परसम्मको सडक सञ्चालनमा ल्याइएको उनले बताइन्। काभ्रे भन्ज्याङबाट भकुन्डेबसी जोड्ने सडकको पहिरो पन्छाउन अझै बाँकी रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?