+
+

बाढी पहिरोबाट उपत्यकाका ३ जिल्लामा ५२ जनाको मृत्यु, ९ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:३६

१३ असोज, काठमाडौं । शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढी ललितपुरमा ३० जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता विनोद घिमिरेले बताए ।

त्यसैगरी ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ जना भने अझै बेपत्ता छन् । बाढी पहिरोमा परी घाइते हुनेको संख्या ३१ छ । काठमाडौंमा १८,ललितपुरमा ९ र भक्तपुरमा ३ जना गरी ३१ जना घाइते भएका थिए । ती मध्ये ललितपुरका ९ जना डिस्चार्ज भइसकेका छन् ।

यी तीन जिल्लाबाट सुरक्षाकर्मीहरु २ हजार १५५ जनाको उद्दार गरेका छन् । काठमाडौंबाट १ हजार ४४२, ललितपुरबाट ६५७ र भक्तपुरबाट ५६ जनाको उद्दार गरिएको एसएसपी घिमिरेले बताए ।

बाढी पहिरोमा परेर २ हजार ७४० घरहरुमा क्षति भएको छ । काठमाडौंमा १ हजार ३४० घर डुबानमा परेको र ११ घर भत्केको पाइएको छ ।ललितपुरमा ९७८ घर र भक्तपुरमा ४१७ घरहरु डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?