+

किन लाग्छ निद्रा ?

हाम्रो शरीर २४ सै घण्टा जाग्राम रहन सक्दैन

मानव शरीर २४ सै घण्टा अविछिन्न तवरमा जाग्राम रहन सक्दैन । निरन्तर शरीर चलायमान अवस्थामा हुँदा मानसिक तथा शारीरिक गतिविधि भइरहेको हुन्छ ।

अनि निद्रा लाग्छ ।

शरीर शिथिल हुँदै आरामको लागि सूर्यास्त पछि स्नायु प्रणालीले निन्द्रा लगाउने रसायनहरूले आफ्नो असर देखाउन थाल्छन् । अनि निद्रा लाग्छ ।

Advertisement

ऊर्जा र शक्ति सञ्चयका लागि निद्रा

शरीरलाई ऊर्जा र शक्ति सञ्चयका लागि पनि निद्रा जरुरी हुन्छ । स्लिप फाउन्डेसन अर्गनाइजेसन डटकमका अनुसार स्वस्थ व्यक्ति १५ देखि २० मिनेटको अवधिमा निदाउँछन् ।

जसले हामीलाई निद्रामा पुर्‍याउँछ

जब सुत्छौं, तब हाम्रो मस्तिष्कबाट अल्फा किरण निस्कन्छन्, जसले हामीलाई निद्रामा पुर्‍याउँछ । हामी चेत हुँदै अर्धचेतन अवस्थामा पुग्छौं ।

निद्राको चक्र

मानिस निद्रामा छ भने ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ ।

शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’

अमेरिकन हार्ट फाउन्डेसनका अनुसार निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ ।