+
+

झ्याप्ले खोलाको पहिरोबाट बस निकाल्दा (तस्वीरहरु )

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १३ गते १९:१२

१३ असोज, काठमाडौं । नागढुंगा नाकाको ठीक मुन्तिर झ्याप्ले खोलाको पहिरो खोतलेर प्रहरीले आइतबार अपरान्हसम्म ३५ जनाको शव निकालेको छ ।

अविरल वर्षापछिको पहिरोले पुरिएको बस प्रहरीले शनिबार साँझदेखि एक्साभेटरको सहायताले निकालेको थियो । आइतबार साँझसम्म ३ वटा गाडी पहिरोबाट बाहिर निकाल्दा त्यहाँ ३५ वटा शव भेटिएको हो ।

दलदल हिलोबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शव निकालेका थिए । काठमाडौं प्रवेश गर्ने प्रमुख नाकासमेत अवरुद्ध पार्ने गरी खसेको पहिरोले बसहरु त रोकेका थिए नै, पैदलयात्रीको पनि बाटो छेकेको थियो ।

प्रहरीले शव निकाल्नुका साथै सर्वसाधारणलाई सडक वारपार पनि गराएको थियो। सुरक्षाकर्मीले धेरै सर्वसाधारणलाई नागढुंगा सुरुङमार्गबाट काठमाडौं उपत्यकामा ल्याएको थियो ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?