+

एभरेष्ट महिला भलिबल लिगका लागि तयार ६ टोली

२०८१ असोज  १३ गते २०:४१ २०८१ असोज १३ गते २०:४१
एभरेष्ट महिला भलिबल लिगका लागि तयार ६ टोली

१३ असोज, काठमाडौं । नेपाल भलिबलको ईतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) २०२४ सोमबारदेखि सुरु हुँदैछ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको लिगमा मधेश युनाईटेड, काठमाडौं स्पाईकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्दैछ ।

पहिलो पटक आयोजना हुन लागेको ईडब्लुभिएललाई लिएर सहभागि टिम र खेलाडीहरु सबै उत्साहित छन् ।

आईतबार चएको क्याप्टेन मिटमा सहभागि टोलीका कप्तान र प्रशिक्षहरुले ईडब्लुचरभिएलका लागि उत्साहित रहेको बताउँदै विदेशी खेलाडीहरुसँग सँगै खेल्न उत्साहित रहेको बताए ।

लिग सिंगल राउण्ड रोविनमा हुनेछ । सहभागि टोलीले एक आपसमा खेलेपछि शीर्ष दसई स्थानमा रहने टोलीबीच फाईनल खेल हुनेछ ।

 

६ टोलीका कप्तान र प्रशिक्षक के भन्छन्?

काठमाडौं स्पाईकर्स

जगदिश भट्ट : मुख्य प्रशिक्षक

विगतको फरक खालको प्रतियोगिता हो । साउथ एसियन र सेन्ट्रल जोनमा हामीले राम्रो खेलिरहेका छौँ ।

युरोली च्याम्पियनसिप खेलेका अनुभवी खेलाडीहरु छन् । काठमाडौं स्पाईकर्सको कोचको रुपमा टिमलाई जिताउन हरसम्भव प्रयास गर्नेछौँ । सबै टिममा विदेशी खेलाडीहरु राम्रो छन् । खेलहरु प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी र विदेशी खेलाडी हुँदा थप उर्जा हुनेछ । लिगमा ८ नेपाली ३ विदेशी खृलाडी छन् १ जना ट्यालेन्ट हन्टबाट छन् ।

 

उषा भण्डारी : मार्की प्लेअर

कोचले भनेजस्तै तयार छौँ । लिग खेल्न उत्साहित छौँ ।

 

ललितपुर क्विन्स

युगेश हमाल : सहायक कोच

हाम्रो टिममा थाई खेलाडीहरु छन्  । निरन्तर प्रशिक्षण गरेका छौँ ।

 

सलिना श्रेष्ठ : मार्की प्लेअर

विदेशी खेलाडीहरु छन् टिम राम्रो छ । धेरै उत्साह छ ।

 

मधेश युनाईटेड

भरत यादव : मुख्य प्रशिक्षम

ईभिएल आयोजनाका लागि धन्यवाद ।  यसले भलिबल विकासमा सहयोग गर्छ ।

युरोपका रसिया अमेरिका देखि धेरै देशका खेलाडी आउनुभाछ । हाम्रो खेलाडीलाई सिक्ने अवसर हुनेछ ।

 

निरुता ठगुन्ना : मार्की प्लेअर

लिगले एकदमै उत्साहित बनाएको छ । यो गेममा नयाँ खेलाडीले पनि अवसर पाउँछ।

यस्तो लिगहरु हुनुपर्छ । यो गेमले भलिबल विकासमा सहयोग गर्छ ।

 

गण्डकी थण्डर्स

रुपेश विष्ट : मुख्य प्रशिक्षक

तयारी राम्रो छ ।  हिजो नेपाली खेलाडीहरु हुन्थे आज विदेशी खेलाडीहरु छन् । उनीहरु खेल्न उत्साहित छा‌ँ ।

नयाँ खेलाडीहरु पनि समेटिएको छ ।

 

सरस्वती चौधरी : मार्की प्लेअर

ईडब्लुभिएल पहिलो पटक हुँदैछ । यो लिग खेल्न उत्साहित छौँ । विदेशी खेलनडीहरु छन् । विदेशी आएर खेल्नु हाम्रो लागि राम्रो हो र  सिक्ने अवसर हो । नयाँ खेलाडीले अवसर पाउँछ । यस्तो गेम भए राष्ट्रिय टिमको प्रदर्शनमा पनि सहयोग पुग्छ । धन्यवाद ईडब्लुभिएल ।

 

चितवन शक्ति

अर्जुन घिमिरे  : मुख्य प्रशीकक

नेपालमा विदेशी खेलाडीहरु आएर खेल्दैछन् । यसमा राम्रो हुनेछ । टिम सन्तुलित बनेको छ । नेपालमा खेलेको अनुभव छ हाम्रो विदेशी खेलाडी सुर्या र केपी अनुशंरीमा मा । यस्नै नेपाली राष्ट्रिय टिमको कप्तान अरुणा पनि टिममा  छ ।

जेनिशा विक : खेलाडी

हाम्रो टिममा तीन जना विदेशी छन् दुई जना भारत र एक रसियन छन् । साउथ एसियामा पहिलो पटक लिग हुँदैछ । सबैजना लिग खेल्न उत्साहित छन्

 

कर्णाली यस्विस

कुमार राई : मुख्य प्रशिक्षक

पहिलो पटक ईडब्लुभिएल हुँदैछ । महिला शसक्तिकरण र अब पालो महिलाको भनेर यो लिग सुरु हुन लागेको छ । महिला भलिबल खृलाउन सुरु गरेको १८ वर्षमा आज यो लिग हुँदैछ ।  आयोजक र नेपाल भलिबल संघलाईल धन्यवाद ।

खेल भोलीबाट सुरु हुजेछ । विभिन्न कारणले टिम सेट गर्न पा छैन । खेल राम्रो हुन टिम सेट हुनुपर्छ । सबैले हौँसला दिनुस् । यो लिग निरन्तर होस् भन्ने चाहन्छु ।

 

सुमित्रा रेग्मी : मा र्की प्लेअर

उत्साहित छौँ लिग खेल्न । विदेशी खेलाडीहरु पनि छन् । सिम्ने अवसर हुनेछ ।

इडब्लुभिएल २०२४ एभरेष्ट वुमन्स भलिबल लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय