+

एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली घोषणा

२०८१ असोज  १३ गते २०:५२ २०८१ असोज १३ गते २०:५२
एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली घोषणा

१३ असोज, काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि रग्बी संघले आइतबार महिला र पुरुष टोलीको घोषणा गरेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापा मगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन् । संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई वैकल्पिकमा राखिएको छ ।

पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन् । विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी वैकल्पिकको सूचीमा छन् ।

प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो । यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् । एसिया रग्बी सेभेन्स २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।

एसिया रग्बी सेभेन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय