+
+

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २१:०३

१२ असोज, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।

काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।

१० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् । उनीहरुको निःशुल्क उपचार भइरहेको छ ।

करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?