+

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै, सोमपाल बेन्चमा

२०८१ असोज  १३ गते २१:१९ २०८१ असोज १३ गते २१:१९
नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै, सोमपाल बेन्चमा

१३ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ । किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई प्लेइङ ११ मा मौका दिएको छ । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने र देव खनाल ।

 

 

त्रिकोणात्मक टि२० आई सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय