
१४ असोज, काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गतका तीन योजनाको लाभांश घोषणा भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सिटिजन्स म्युचुअल फन्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डले १० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
यी तीनै योजनाको बुक क्लोज असोज २३ गतेका लागि तोकिएको छ । असोज २२ गतेसम्म इकाइ होल्ड वा खरिद गरेकाले लाभांश पाउने छन् । पछिल्लो पटक कारोबार हुँदा सिटिजन्स म्युचुअल फन्ड १ को मूल्य प्रतिइकाइ १०.५० रुपैयाँ, २ को ९.१५ रुपैयाँ तथा सुपर ३० को मूल्य ९.७९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4