+
+

विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ९:२५

१४ असोज, काठमाडौं । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य मन्त्री पनि सहभागी छन् । साथै सबैजसो मन्त्रालयका सचिवहरू पनि सहभागी छन् ।

बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ । पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइन नै बन्द भएको छ ।

असोज ११ र १२ गते दुई दिनको अवधिमा बाढी पहिरोका कारण बागमती, कोशी, काठमाडौं उपत्यका र मधेश प्रदेशमा गरी जम्मा १८८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशमा ८५ जना, काठमाडौं उपत्यकामा ७९ जना, कोशी प्रदेशमा २१ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?