+
+

अखिल क्रान्तिकारीले निर्वाचनबाट नेतृत्व चुन्ने, उमेरको हदबन्दीको विकल्पमा पनि मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ९:५४
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान छलफलमा बसेका अखिल क्रान्तिकारीका नेताहरु ।

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ ।

उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले अनलाइनखबरसँग भने, ‘सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प हुनेछ । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।’

उनले अगाडि भने, ‘अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पूरै लोकतान्त्रिक विधि अपनाइने छ । यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा भएको छैन ।’

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । साथै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरु एकमत छैनन् ।

त्यसैले सोमबार बिहान अखिल क्रान्तिकारीको फ्र्याक्सन इन्चार्ज हिमाल शर्मासहित पदाधिकारीहरु पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए । सो छलफलमा अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

भेटमा सहभागी अखिल क्रान्तिकारीका नेता जीपी मैनालीले अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै ‘हलले जे भन्छ, त्यही मान्नुस्’ भनेर निर्देशन दिएको बताए । सोही निर्देशन अनुसार निर्वाचनमार्फत् नेतृत्व चयन गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?