+
+

एनआरएनएले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १२:२६

१४ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाली समय अनुसार आइतबार राति बसेको संघ बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ ।

समितिमा संघ पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू तथा राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू समेत संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषदहरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ ।

समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्ने छ । पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आज साँझ आपतकालीन बैठक आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?