+
+

बाढीले उपत्यकाका खोला करिडोर भद्रगोल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १२:३३

१४ असोज, काठमाडौं । शुक्रबार र शनिबार आएको अविरल वर्षापछि उपत्यकाका करिडोर अहिले भद्रगोल रहेको छ ।

उपत्यकाको कागेश्वरी मनोहरा, बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, गोदावरी, नख्खु, बल्खु लगायत करिडोरमा अहिले भद्रगोल अवस्था रहेको छ । उपत्यकाका नगरहरु करिडोरमा बनाएको संरचनामा बाढीले क्षति पुर्‍याएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका अनुसार करिडोरमा निर्माण भएको पार्क, सडक, सतलहरु अधिकांश क्षतिग्रस्त छन् । समितिले क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

मनोहरा करिडोरको टीकाथली–बालकुमारी–च्यासलदेखि बागमती दोभानसम्म निर्माण भएका संरचनाहरु भत्केर सडक आवत जावतमै समस्या भएको छ । यस्तै युएन पार्कदेखि बल्खु करिडोरमा पनि भद्रगोल स्थिति छ ।

करिडोरहरुमा अवरोध हुँदा उपत्यकाको सवारी साधनहरु डाइभर्सन हुँदा ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ ।

थप तस्वीरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?